राजनीनिती

एमाले सुर्खेत – काठमाडौं सम्पर्क मञ्चको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न

१ चैत्र २०८१, शनिबार २१:२२

काठमाडौं । नेकपा एमाले सुर्खेत – काठमाडौं सम्पर्क मञ्चको बिशेष बैठक नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय बागबजारमा सम्पन्न भएकोछ ।

बिशेष बैठक नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटीका ईन्चार्ज कल्पना थापाको प्रमुख अतिथ्यता, नेकपा एमाले सम्पर्क समन्वय कमिटी सदस्य तथा सुर्खेत जिल्ला सम्पर्क मञ्च इन्चार्ज सिता नेपाल, सम्पर्क सम्नवय कमिटीका सदस्य जे.बी. शाही, सम्पर्क समन्वय कमिटीका सदस्य देविलाल रावल र कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत, कर्णाली प्रदेश सम्पर्क कमिटीका सचिव लोकेन्द्र रोका, उप सचिव बिरजन महतारा, तेजेन्द्र वली र आर्थिक बिभाग प्रमुख ध्रुब गौतमको आतिथ्यतामा सम्पन्न भएकोछ ।

बैठक सुर्खेत – काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पबित्र सुबेदीको अध्यक्षतामा र उप सचिव देबी रावतको संचालनमा सम्पन्न भएकोछ ।
बैठकले नब बर्षको अवसरमा क्यालेण्डर प्रकाशन गर्ने, पार्टी सदस्यता नबिकरण तथा नयाँ बितरण गर्ने र यही चैत्र ५ गते हुन गईरहेको स्वबियु निर्बाचनमा अनेरास्वबियुका उम्मेद्धारलाई जिताउना हर तरहले लाग्ने निर्णय गर्दै सम्पन्न भएकोछ ।

प्रतिक्रिया दिनुहोस्