राजनीनिती

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको स्वबियु लक्षित बैठक सम्पन्न

१ चैत्र २०८१, शनिबार २१:५२

 

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको स्वबियु लक्षित बिशेष बैठक नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय बागबजारमा सम्पन्न भएकोछ ।

बिशेष बैठक नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटीका ईन्चार्ज कल्पना थापाको प्रमुख अतिथ्यता, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य इन्द्र भण्डारी बिशिष्ट आतिथ्यतामा र सम्पर्क समन्वय कमिटी श्याम कुमार बस्नेतको बिशेष आतिथ्यतामा, नेकपा एमाले सम्पर्क समन्वय कमिटीका उप संयोजक थानेश्वर बस्याल, सचिब क. आर सि लामिछाने, सदस्य जे.बी. शाही, सीता नेपाल र सदस्य देविलाल रावलको आतिथ्यतामा सम्पन्न भएकोछ ।

बैठक नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको अध्यक्ष भक्त ब. रावतको अध्यक्षतामा र सचिव लोकेन्द्र रोकाको संचालनमा सम्पन्न भएकोछ ।

बैठकले यही चैत्र ५ गते हुन गईरहेको स्वबियु निर्बाचनमा अनेरास्वबियुका उम्मेद्धारलाई जिताउना हर तरहले लाग्ने निर्णय गर्दै  उपत्यका भित्रका चुनाव हुने विभिन्न क्याम्पसहरुमा सहयोग र सहजिकरणका लागि जिम्मेवारी तोकेको छ साथै पार्टी सदस्यता नवीकरण र बिस्तार चैत्र
१५ गते भित्र गरिसक्नु पर्ने सबै जिल्ला सम्पर्कमञ्चहरुलाई निर्देशन दिने निर्णय भएकोछ ।

प्रतिक्रिया दिनुहोस्