राजनीनिती

रावल स्ववियु सदश्य पदमा उम्मेद्धार

२ चैत्र २०८१, आईतवार ११:१३

 

सन्तोषी रावल
चैत्र ३ २०८१
त्रिभुवन विश्व बिध्यालय अन्तरगत जनप्रशासन क्याम्पस वल्खु बाट सदश्य पदमा कमल रावल उम्मेद्धार उठेका छन् । अनेरास्ववियु (एमाले) प्यानलबाट अग्र बहादुर शाहीको नेतृत्वको प्यानल लाई जिताउन कलम चिन्हमा भोट हाल्न आग्रह पनि गरेका छन् ।
देशभर स्ववियु निर्वाचनको चुनाव हुँदै छ । त्रिभुवन बिश्वबिद्धालयले देशभर एकै साथ चैत ५ गते र सुदूरपश्चिम बिश्वबिद्धालयले चैत २७ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाब गराउदै छ । विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन आफ्ना गतिविधिलाई तीव्रता प्रदान गरिरहेका छन् ।
क्याम्पसहरुमा विध्यार्थीले आफ्नो क्याम्पसमा पढ्ने सबै विध्यार्थीलाई चिनाउदैमा व्यस्त देखिन्छन् । आफ्नो संगठनलाई जिताउनको लागी भोट मागिरहेका विध्यार्थी निकै जुझारु र जाँगिरीला देखिन्छन ।
स्ववियुको प्रभावकारिताका विषयमा पनि विद्यार्थीका बीचमा विचार विमर्श चलिरहेका छन् । स्ववियुका विगतका निर्वाचन र परिणाम र उपलब्धिको बारेमा पनि समीक्षात्मक टीकाटिप्पणी सुनिन थालेका छन् । त्यस्तै मुलुकले परिवर्तन, रुपान्तरण, र समृद्धि विध्यार्र्थी गुणस्तर शिक्षा शिक्षाको माफियाहरुको निर्मुल भ्र्राष्टाचार र गुण्डागर्दिको अत्य गर्न चाहेका छन् यि विषयमा अव हाम्रो टिमले यसको काम गर्ने प्रतिवद्धताका साथ चुनावमा जिताउन रावलले अपिल गरेका छन् ।
राजनीतिले सधैं युवालाई खेलौनाकै रूपमा प्रयोग गरिरहेको छ । विचार, विद्धता र क्षमतावान् व्यक्तिहरू सधैं पछाडि नै खुम्चिएर बस्नुपर्ने बाध्यता कायमै छ । त्यसको प्रतिरोधका लागि समय र राष्ट्रका वर्तमान आवश्यकता पूरा गर्न सक्ने गरी अनेरास्ववियु (एमाले) लागेको हो । विध्यालय तथा क्याम्पसका भइरहेका नकरात्मक कुराहरुलाई हटाउदै सकरात्मक पाटोका गतिबिधि तर्फ अग्रसर गरिने पनि प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्