हिमालय प्रेस, २०८१ फागुन ७
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यमा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको विशेष बैठक कोशी प्रदेश सम्पर्क कमिटीको कार्यालय, च्यासल, ललितपुरमा सम्पन्न भएको छ।
बैठकमा केन्द्रीय सदस्यहरू नरेन्द्र कुमार श्रेष्ठ, सरस्वती बस्नेत, कल्पना थापा र इन्द्र भण्डारीको आतिथ्य रहेको थियो ।
बैठकको अध्यक्षता सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतले गरेका थिए भने सञ्चालन सचिव आरसी लामिछानेले गरेका थिए ।
बैठकमा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका पदाधिकारीहरू र सातै प्रदेश सम्पर्क कमिटीका पदाधिकारीहरू बीच समसामयिक विषय, भावी रणनीति र कार्ययोजनाबारे छलफल गर्दै निर्णय गरिएकोछ ।