Flash News

एकीकृत समाजवादीले बनायो कार्यदल

७ चैत्र २०७९, मंगलवार १५:३१

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनसँग वार्ताका लागि कार्यदल बनाएको छ।

आज मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो।

कार्यदललाई ती विषयमा निर्णय गर्ने अधिकारसमेत दिइएको एकीकृत समाजवादीले जनाएको छ। अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल पनि छन्।

प्रतिक्रिया दिनुहोस्