काठमाडौं । नेकपा एमाले सल्यन-काठमाडौं सम्पर्क मञ्चको सातौं बिषिष्ट बैठक तथा पार्टी सम्यन्त्र बैठक नेकपा एमाले सम्पर्क समन्वय कमिटीका सदस्य देविलाल रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोछ ।
बैठकका प्रमुख अतिथी देविलाल रावलले निर्देशनात्मक भनाई राख्नु भएको थियो ।
बैठक कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतको बिशिष्ट आतिथ्यतामा र कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिव तेजेन्द्र वली र सदस्य सुशिला डाँगीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैठक सल्यान-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष धनसिंह घर्तिको अध्यक्षता र सचिव ध्रुबराज धितालको संचलनमा भएको थियो ।
बैठकले मञ्चका उपाध्यक्ष प्रकाश राउतको संयोजकत्वमा सम्पर्क फोर्स गठन गरेको थियो भने यही चैत्र १५ गते भित्र पार्टी सदस्यता नबिकरण तथा नयाँ बितरण कार्य गरी सक्ने निर्णय भएको थियो ।