काठमाडौं । नेकपा एमाले सम्पर्क समन्वय कमिटीको निर्देशन अनुसार कर्णाली प्रदेश सम्पर्क कमिटी को बिस्तारित बैठक नेकपा एमाले केन्द्रिय सदस्य एवम कर्णाली प्रदेश सम्पर्क कमिटीका इन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यता बागवजार प्रदेश सम्पर्क को कार्यलय बागबजार, काठमाडौंमा सम्पन्न भएकोछ ।
बैठक नेकपा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतको विशेष आतिथ्यता, सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य बिष्णु सिग्देल, सम्पर्क समन्वय कमिटीका सदस्य जेबि शाही, चित्र हमाल, देबिलाल रावल र उदय सुनुवारको आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैठकमा प्रमुख अतिथी कल्पना थापा र बिशेष अतिथी श्याम कुमार बस्नेतले निदेशनात्मक भनाई राख्नु भएको थियो ।
बैठक कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतको अध्यक्षतामा र उप सचिव बिरजन महताराको संचालनमा भएको थियो ।
बैठकमा प्रदेश सम्पर्क कमिटीका पदाधिकारी तथा सदस्यहरु र जिल्ला सम्पर्क मंचका अध्यक्ष, उपाध्यक्ष र सचीवको उपस्थित रहेको थियो ।
बैठकले लोकतान्त्रिक गणतन्त्र र पार्टीको विरुद्धमा प्रतिगमनकारी शक्तिहरु लागेकाले त्यसका विरुद्धमा राजनितिक र बैचारिक शक्तीका रुपमा लाग्न कर्णाली प्रदेश सम्पर्क कमिटीका उपसचिव तेजेन्द्र ओलिको संयोजकत्वमा ५१ सदस्यीय कर्णाली सम्पर्क फोर्स गठन भएको थियो भने पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता बिस्तारको कामलाई मुख्य प्राथमिकता राखी चैत्र १५ सम्म गरिसक्ने निर्णय भएको थियो ।