राजनीनिती

 अस्कल क्याम्पस स्ववियु सचिवमा रेगुलर विद्यार्थी शाहीको उम्मेदवारी

८ चैत्र २०८१, शनिबार २२:३४

काठमाडौं । त्रि. वि. वि.ले देशैभरी चैत्र-५ मा स्ववियु निर्वाचन तोकेको थियो। केहि क्याम्पसमा तोकेकै समयमा चुनाव सम्पन्न भयो भने केहि क्याम्पसहरुमा हुन सकेन। त्यस्तै अस्कल क्याम्पस लैनचौरमा पनि ५ गते चुनाव हुन सकेन।

अखिल क्रान्तिकारीले तालाबन्दी गरेका कारण चुनाव स्थगित भएको थियो। चैत्र ५ गते हुन नसकेको चुनाव सरेर चैत्र १० गते पुगेको छ। चैत्र १० गते आईतवारको दिन अस्कल क्याम्पसमा स्वबियु चुनाव सम्पन्न हुदैछ।

क्याम्पसमा स्ववियुको माहोल तात्तीरहेका बेला अनेरास्ववियुबाट सचिव पदका उम्मेदवार रहेका गोपाल ब.शाही भने एकदमै चर्चाको शिखरमा छन। उनी बलिया र विद्यार्थी माझ अत्याधिक मात्रामा रुचाईएका ब्यक्ति हुन। उनका प्रतिस्पर्धीको रुपमा रहेका अन्य उम्मेदवारहरु क्याम्पसका विद्यार्थी नभएको र चुनावको लागी मात्र भर्ना भएकाले विद्यार्थीहरु माझ उनिहरु निकै कमजोर र हारको नजिक पुगेका भन्ने कुराको बिश्लेषण भैइरहेको छ। शाही अहिले बिएस्सी चौथो बर्ष भौतिकशास्त्रमा अध्ययनरत विद्यार्थी हुन। उनि विद्यार्थीका हक हित र पक्षमा बलियो खम्बाको रुपमा अडान लिने विद्यार्थी नेता हुन। उनी बोलीमा प्रखर र बिचारमा स्पष्ट ब्यक्ति हुन। विद्यार्थीहरु द्वारा सर्वाधिक रुपमा रुचाईएका शाही जितको सम्मुखमा रहेको आकलन गरीएको छ ।

अन्य सचिव पदका उम्मेदवारहरु भने बाल्मिकि क्याम्पसमा ब्याचलर गरेर अस्कल क्याम्पसमा चुनावी भर्ना गरेका हुन। केहि भने ब्याचलर नै पास गर्न नसकेर आठौ पटक चुनावको लागी भर्ना गरेको पाईएको छ। र उनिहरुलाई विद्यार्थीले नपत्याईरहेको अवस्था छ। हार्ने डरले उनिहरु चुनाव भाड्ने र तालाबन्दी गर्ने कार्यहरुमा सहभागी छन। तर शाही भने चुनाव हुनुपर्ने कुरामा अडिक छन। उनिहरुको अगाडी रेगुलर विद्यार्थी चौथो बर्षमा पढिरहेका गोपाल ब.शाही भने एकदमै बलिया र सबैमाझ रुचाईएका पात्र हुन । शाहीलाई जितको शुभकामना दिने विद्यार्थीहरुको सामाजिक संजालमा लर्को लागीरहेको छ।

प्रतिक्रिया दिनुहोस्