हुम्ला । नेकपा एमाले हुम्ला जिल्ला खार्पुनाथ गाउपालिका वडा नं. २ थालीले आज पार्टीको केन्द्रिय निति अनुसार वडा केन्द्रित जनसचेतना जागरण भेला आयोजना गरेकोछ ।
वडा केन्द्रित जनसचेतना जागरण भेला नेकपा एमाले खार्पुनाथ गाउपालिका वडा नं. २ का वडा कमिटी अध्यक्ष बिर रावल र नेकपा एमाले जिल्ला कमिटी, हुम्लाका सदस्य देविचन्द्र रावलको प्रमुख आतिथ्यतामा, जिल्ला कमिटी, हुम्लाका सदस्य ताराबिर रावल र तारा रावलको बिशेष अतिथ्यतामा सम्पन्न भएकोछ ।
वडा केन्द्रित जनसचेतना जागरण भेलामा पालिका कमिटी तथा वडा कमिटी सदस्यहरु जगत रावल, भुल रावल, बुद्धी रावल, उम्मापुरी रावल, झुपुल्ली रावल, जानकी रावल, सुर रावल, गोरसिंह रावल, जरुरत फडेरा, लालु रावल, नानी रावल, कर रावल र बजिरे रावल लगायत थालीका बासिन्दाको ब्यापक उपस्थिती रहेको थियो ।