काठमाडौं । नेकपा एमाले मुगु-काठमाडौं सम्पर्क मञ्चको पाँचौं बैठक नेकपा एमाले सम्पर्क समन्वय कमिटीका सदस्य देविलाल रावलको प्रमुख आतिथ्यतामा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजारमा सम्पन्न भएकोछ ।
बैठक कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिव तेजेन्द्र वलीको बिशिष्ट आतिथ्यतामा र कर्णाली प्रदेश सम्पर्क कमिटीका सदस्य जगन्नाथ चौलागाईको आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैठक मुगु-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सरजन बरालको अध्यक्षतामा संचलन भएको थियो ।
बैठकमा यही चैत्र १५ गते भित्र पार्टी सदस्यता नबिकरण तथा नयाँ बितरण कार्य गरी सक्ने र नयाँ बर्षको अवसरमा फुटसल प्रतियोगिता गर्ने निर्णय भएको थियो ।