राजनीनिती

राष्ट्रिय युवा संघ नेपाल, अन्तर जिल्ला कमिटी हुम्लाको गठन

१५ चैत्र २०८१, शनिबार २१:०३

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, अन्तर जिल्लाा कमिटी, हुम्लाको दोस्रो सम्मेलनले युवराज मल्लको अध्यक्षतामा ११ सदस्यिय कमिटीको सर्बसम्मत नेतृत्व चयन गर्दै आज युनिभर्सल ईन्जिनियरिङ्ग तथा साईन्स कलेज, ललितपुरमा सम्पन्न भएकोछ ।

सम्मेलनको प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख उपेन्द्र शाही, बिशेष बक्तामा नेकपा एमाले सम्पर्क समन्वय कमिटी सदस्य तथा हुम्ला जिल्ला सम्पर्क मञ्च ईन्चार्ज देविलाल रावल, अतिथीहरुमा नेकपा एमालेका कर्णाली प्रदेश सम्पर्क कमिटी उप सचिव बिरजन महतारा, सदस्य सन्तोश शाही, नेकपा एमाले हुम्ला – काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भरत रावत, सचिव सुबिष्त भण्डारी, कोषाध्यक्ष हस्त धामी, युवा संघका नेताहरु सुजन घिमिरे, रोमन काफ्ले, मदन प्रकाश कटुवाल, विनय खतिवडा र राजन खड्का रहनु भएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथी, बिशेष बक्ता र अतिथीहरुले सम्मेलन सफलताको मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्