काठमाडौँ। नेपालको आधिकारिक जनसङ्ख्याको घोषणा हुने भएको छ।
२०७८ सालमा गरिएको जनगणनाको तथ्याङ्क शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गर्न लागेका हुन्।
सोल्टी होटेलमा बिहान ८ बजे तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसङ्ख्याको आधिकारिक घोषणा गर्न लागेका हुन्।