Flash News

नदी किनारका हटाउन काठमाडौँ महानगरले दियो सात दिन

११ चैत्र २०७९, शनिबार ०३:३१

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ।

शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिइएको छ।

महानगरपालिकाले यसअघि पनि पटक/पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको स्मरण गरेको छ।

एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ।

काठमाडौँ महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन्।

प्रतिक्रिया दिनुहोस्