राजनीनिती

एमाले रुकुम पश्चिम – काठमाडौं सम्पर्क मञ्चको बैठक सम्पन्न

२३ चैत्र २०८१, आईतवार १९:२८

काठमाडौं । नेकपा एमाले रुकुमा पश्चिम – काठमाडौं सम्पर्क मञ्चको तेस्रो बैठक, नयाँ ईन्चार्जको स्वागत तथा पालिका स्तरिय सम्मेलन उद्घाटन कार्यक्रम कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजार, काठमाडौंमा सम्पन्न भएकोछ ।

कार्यक्रम नेकपा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतको प्रमुख आतिथ्यतामा, सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य सुरेन्द्र बोगटी, जिल्ला कमिटी रुकुम पश्चिमका अध्यक्ष नन्दराम देबकोटा, सम्पर्क समन्वय कमिटीका सदस्य तथा रुकुम पश्चिमका ईन्चार्ज जेबी शाही, सम्पर्क समन्वय कमिटीका सदस्य तथा हुम्ला काठमाडौं सम्पर्क मञ्चका ईन्चार्ज देविलाल रावलको बिशेष आतिथ्यतामा, कर्णाली प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष पुजा शाही बस्नेत, उप सचिव तेजेन्द्र वली र सदस्य बिबेक पुन लगायतको आतिथ्यतामा सम्पन्न भएकोछ ।

बैठक तथा कार्यक्रमको अध्यक्षता रुकुम पश्चिम – काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण ब. मल्ल र संचालन सचिव नारायण के.सी.ले गर्नु भएको थियो ।

बैठक तथा कार्यक्रममा प्रमुख अतिथी श्याम कुमार बस्नेत लगायत अन्य अतिथीहरुले निर्देशनात्मक भनाई राख्नु भएको थियो ।

बैठक तथा कार्यक्रमममा निबर्तमान ईन्चार्ज सुरेन्द्र बोगटीलाई बिदाई तथा नब नियुक्त ईन्चार्ज जेबी शाहीलाई स्वागत कार्यक्रम लगायत बिबिध बिषयमा निर्ण गर्दै समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्