काठमाडौं । नेकपा एमाले सुर्खेत – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजार, काठमाडौंमा १७ औं श्रृषि स्मृती दिबसको अवसरमा श्रद्धान्जली कार्यक्रम भएको थियो ।
कार्यक्रम नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यता, नेकपा माक्र्सबादी पुष्पलालका बरिष्ठ नेता अच्युत ज्ञवालीको बिशेष आतिथ्यता, नेकपा एमाले सम्पर्क समन्वय कमिटीका सदस्य जेबी शाही, देविलाल रावल, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत, उपाध्यक्ष पुजा बस्नेत शाही, उप सचिव बिरजन महतारा, आर्थिक बिभाग प्रमुख ध्रुबराज गौतम, सदस्य माया सुबेदी, चन्द्र कुमारी सापकोटा, खेम के.सी. , हुम्ला – काठमाडौं सम्पर्क मञ्चका सचिव सुबिष्त भण्डारी लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कर्यक्रममा प्रमुख अतिथी कल्पना थापाले पार्टीको बर्तमान अवस्था र सुर्खेत जिल्लाका तत्कालिन चर्चित नेता स्व. श्रृषि शर्माले पार्टीमा गरेको योगदानका बिषयमा चर्चा गर्नु भएको थियो । श्रद्धान्जली कार्यक्रममा नेकपा माक्र्सबादी पुष्पलालका बरिष्ठ नेता अच्युत ज्ञवालीले कम्युनिष्ट पार्टीका पुराना कुराहरु उजागर गर्नु भएको थियो ।
कार्यक्रम सुर्खेत – काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष पबित्रा सुबेदीको अध्यक्षतामा र संचालन कर्णाली प्रदेश सम्पर्क कमिटीका सचिव लोकेन्द्र रोकाले गर्नु भएको थियो ।