राजनीनिती

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१२ चैत्र २०७९, आईतवार ०३:१६

काठमाडौँ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्