राजनीनिती

अर्थमन्त्री बिष्णु पौडेललाई इन्चार्ज बोगटी नेतृत्वको टिमद्धारा हुम्लाका समग्र योजनाहरु पेश

४ बैशाख २०८२, बिहीबार २१:०२

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरखबहादुर बोगटी नेतृत्वको हुम्ला जिल्लाका एमाले नेताहरुको टिमद्धारा आज नेपाल सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलसंग अर्थ मन्त्रालयमा भेटी हुम्ला जिल्लामा आगामी आ.व.  २०८२/०८३ को कार्यक्रममा समावेश गरिदिनका लागि हुम्ला जिल्लाका केही महत्त्वपूर्ण विकास निर्माणका योजनाहरु बुझाउने काम सम्पन्न भएको छ ।

मागपत्र बुझ्दै अर्थमन्त्री पौडेलले. जतिसक्दो समग्र योजना समेट्ने प्रतिबद्दता जनाउनु भएको थियो ।

टिममा इन्चार्ज बोगटी लगायत केन्द्रिय कमिटी सदस्य छक्क ब. लामा, दल फडेरा, कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य रुपा शाही, सम्पर्क समन्वय कमिटीका सदस्य देविलाल रावल, जिल्ला अध्यक्ष ग्यामी बुमी, कर्णाली प्रदेश कमिटी सदस्य नबराज महतारा, पुर्ण प्रसाद ढकाल, हुम्ला काठमाडौं सम्पर्क मन्चका अध्यक्ष भरत रावत, पुराना नेता सुरेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्