राजनीनिती

एमाले कालिकोट – काठमाडौं सम्पर्क मञ्चद्वारा भित्ते पात्रो अनावरण

७ बैशाख २०८२, आईतवार ००:२६

काठमाडौ । नेकपा एमाले कालिकोट – काठमाडौं सम्पर्क मञ्चद्वारा भित्ते पात्रो अनावरण गरेको छ। कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजार, काठमाडौंमा एउटा कार्यक्रमका बीच भित्ते पात्रो अनावरण गरेको हो ।

भित्ते पात्रो अनावरण कार्यक्रममा कालिकोट – काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राजकुमार शाहीको अध्यक्षतामा र सम्पर्क मञ्चका सचिव जन्मराज उपाध्यायले सञ्चालकको काम गरेका थिए भने  प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क इन्चार्ज कल्पना थापा, विशेष अथिति पार्टी केन्द्रीय सदस्य कालिकोट जिल्लाको इन्चार्ज नगेन्द्र शाही र सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतद्वारा पात्रो अनावरण गरिएको छ।

पात्रो अनावरण कार्यक्रममा पार्टीका बिभिन्न कमिटीमा आबद्ध केन्द्रीय सल्लाहकार सदस्य धिरबहादुर बम, सम्पर्क समन्वय कमिटीका सदस्य चित्र हमाल, देविलाल रावल, देबिकृष्ण चौलागाई, राजनबाबु चन्द, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त बहादुर रावत, प्रदेश कमिटी सदस्य कमल बहादुर शाही, तपेन्द्र बहादुर शाही, तेजेन्द्र वली र बिरजन महतारा लगायत अथितिका रुपमा सहभागी भएका थिए।

त्यस्तै बधाई तथा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क इन्चार्ज कल्पना थापा, विशेष अथिति पार्टी केन्द्रीय सदस्य कालिकोट जिल्लाको इन्चार्ज नगेन्द्र शाही र सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेत र केन्द्रीय सल्लाहकार धिरबहादुर बमले आगामी दिनमा यस्तै रचनात्मक कामहरु गरेर कालिकोट – काठमाडौं सम्पर्क मञ्चले अझै राम्रो काम गरेर पार्टीलाई मजबुत पार्ने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्