Flash News

म गृहमा जाने निर्णय भएको छैन: उपप्रधानमन्त्री श्रेष्ठ

१३ चैत्र २०७९, सोमबार १३:२९

काठमाडौँ। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृह मन्त्रालयको जिम्मेवारी लिएर जाने विषयमा कुनै निर्णय नभएको बताएका छन्।

आफ्नो तीन महिना तीन दिन कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन्। उनले भने,‘ सरकारको जुन समीकरण परिवर्तन भएको छ, त्यो सबैलाई अवगत नै छ, मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। केही दिन भित्रै पूर्णता पाउँछ। म गृह मन्त्रालयमा जाने हल्ला भएपनि निर्णय भईसहेको छैन।’

श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जुन जिम्मेवारी दिएपनि आफू जाने बताए। उनले भने, ‘बाहिर हल्ला आएजस्तो निर्णय भएको छैन। प्रधानमन्त्रीलाई जे गर्दा उपयुक्त हुन्छ भन्नुहुन्छ वा निर्णय गर्नुहुन्छ, त्यही गर्छु।’

प्रतिक्रिया दिनुहोस्