राजनीनिती

एमाले हुम्ला – काठमाडौं सम्पर्क मञ्चद्धारा भिते पात्रो प्रकाशन

१३ बैशाख २०८२, शनिबार २३:०७

काठमाडौं । नेकपा एमाले हुम्ला – काठमाडौं सम्पर्क मञ्चले नयाँ बर्ष २०८२ सालको अवसरमा भिते पात्रो प्रकाशन गरि आज नेपाल ल क्याम्पसमा भएको नव बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा भिते पात्रो बिमोचन कार्यक्रमका बिच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरखबहादुर बोगटीले बिमोचन गर्नु भएको थियो ।

कार्यक्रममा नव बर्ष २०८२ को शुभकामना आदान प्रदान पनि गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी गोरखबहादुर बोगटी, बिशेष अतिथी केन्द्रिय कमिटी सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज छक्क ब. लामा, केन्द्रिय कमिटी सदस्य दल फडेरा, कर्णाली प्रदेश सभा सदस्य कल ब. हमाल, कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य रुपा शाही, सम्पर्क समन्वय कमिटी सदस्य देविलाल रावल, कर्णाली प्रदेश कमिटी सदस्य मंगल लामा, नबराज महतारा, पुर्ण प्रसाद ढकाल, कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष भक्त ब. रावत, हुम्ला जिल्ला कमिटी अध्यक्ष ग्यामी बुमी, नेपाल बुद्दिजिबी परिषदका केन्द्रिय उप महसचिव गोबिन्द शाही, कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिव बिरजन महतारा, सदस्य सन्तोष शाही, युवा संघका सचिवालय सदस्य उपेन्द्र शाही, अनेरास्वबियुका केन्द्रिय कमिटी सदस्य जयराज संज्याल लयायत हुम्ला जिल्ला कमिटीका बिभिन्न तहका नेताहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा हुम्ला – काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भरत रावतको अध्यक्षतामा, उपाध्यक्ष पदम लामाको स्वागत मन्तब्यमा । सचिव सुबिस्त भण्डारीको संचालनमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी गोरखबहादुर बोगटीले पार्टीका हरेक गतिबिधी र काममा सम्पर्क मञ्चको गहन भुमीका र आबश्यकता रहेको बताउनु भएको छ भने अन्य सम्पुर्ण अतिथीले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा हुम्ला – काठमाडौं सम्पर्क मञ्च अन्तर्गत खार्पुनाथ गाउपालिका मञ्च प्रमाजंग रावलको संयोजकत्वमा गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्