राजनीनिती

एमाले दैलेख – काठमाडौं सम्पर्क मन्चद्दारा शुभकामना आदान प्रदान

१४ बैशाख २०८२, आईतवार ००:१६

काठमाडौं । नेकपा एमाले दैलेख काठमाडौं सम्पर्क मन्चद्दारा आयोजित नव बर्ष २०८२ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम, कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजार, काठमाडौंमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोराख ब. बोगटीले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमका विशेष अतिथि लक्ष्मीप्रसाद पाेखरेल -पाेलिटव्युराे सदस्य, विशेष अतिथि कल्पना थापा – केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज, राज बहादुर बुढा-केन्द्रिय कमिटी सदस्य, विष्णु रिजाल-केन्द्रिय कमिटी सदस्य, सुर्य कुमारी श्रेष्ठ-केन्द्रिय कमिटी सदस्य, मिना सिह रखाल – केन्द्रिय कमिटी सदस्य, अतिथिहरू सत्यदेवि खड्का-सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य, देविलाल रावत-सम्पर्क समन्वय कमिटी सदस्य , रमा महरा केसि -लेखा कमिटी सचिव, भक्त बहादुर रावत-कर्णाली प्रदेश सम्पर्क कमिटीअध्यक्ष, दैलेख जिल्ला कमिटी अध्यक्ष सुर्य बहादुर शाही, सुर्य बहादुर बस्नेत, विरजन महतारा, तेजेन्द वलि, रुद्र थापा, दुर्गा प्रसाद पाेखरेल लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोराख ब. बोगटीले निर्देशनात्मक भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रम दैलेख – काठमाडौं सम्पर्क मन्चका अध्यक्ष कटक ब. शाहीको अध्यक्षतामा र उप सचिव मिनराज आचार्यको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्