काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशव्यापी रुपमा सञ्चालन गरेको तीन महिने वडाकेन्द्रीत पार्टी अभियान देशै भरीका प्रदेश मध्य कर्णाली प्रदेशले पहिला सम्पन्न भएको छ। २०८१ माघदेखि चैत्र मसान्तसम्म सञ्चालन भएको यो अभियानले कर्णालीका गाउँगाउँमा पार्टी संगठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको छ।
कर्णाली प्रदेश इन्चार्जले अभियान अवधिमा आफ्नो कार्यक्षेत्रमा भए गरेका कामको विस्तृत लिखित प्रतिवेदन पार्टी महासचिव शंकर पोखरेल ज्युलाई केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बुझाउनु भएको छ। महासचिव पोखरेललाई प्रतिवेदन बुझाउँदै प्रदेश इन्चार्जले अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त मौखिक जानकारी पनि गराउनुभएको थियो।
प्राप्त जानकारी अनुसार, कर्णाली प्रदेशमा सञ्चालन भएको यो अभियानले पार्टीका स्थानीय कमिटीहरुलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। अभियानका क्रममा नयाँ सदस्यहरुलाई पार्टीमा आकर्षित गर्नुका साथै कार्यकर्ताहरुलाई प्रशिक्षण र वैचारिक स्पष्टता प्रदान गर्ने काम पनि प्रभावकारी रुपमा सम्पन्न भएको छ।
केन्द्रीय सदस्यहरु भूगोल जिम्मेवारीमा खटिएर गाउँ तहसम्म पुगी कार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गरेका थिए। यसले पार्टी र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाएको विश्वास गरिएको छ। अभियानका क्रममा स्थानीय स्तरका समस्या र आवश्यकताहरु पहिचान गरी पार्टीको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न महत्वपूर्ण सुझावहरु संकलन गरिएको बताइएको छ।
महासचिव शंकर पोखरेल ज्युले कर्णाली प्रदेश इन्चार्जबाट प्राप्त प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्यांकन गर्ने र आवश्यक निर्देशन दिने । यो अभियानले आगामी दिनमा कर्णाली प्रदेशमा पार्टीको संगठनलाई थप क्रियाशील र बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।