राजनीनिती

हुम्लाका ६ गाउँपालिकामा महिला संघको अधिवेशन सम्पन्न, सर्वसम्मत नयाँ नेतृत्व चयन

२४ बैशाख २०८२, बुधबार १२:४३

  हुम्ला – नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले हुम्ला जिल्लाका छ वटा गाउँपालिकामा विधिवत रूपमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरी सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। संघको पालिका अधिवेशनबाट ताँजाकोट, अदानचुली, चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोट गाउँपालिकामा क्रमशः रूपसरा रिठ्याल, तारा चन्द, मायादेवी शाही, सुकली रावत, बिजुली रावत र अम्वीक शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

नेपाल महिला संघ हुम्लाकी जिल्ला अध्यक्ष शुशिला शाहका अनुसार अधिवेशन दुई हप्ताको अवधिमा सम्पन्न गरिएको हो रब अब चाँडै वाँकी रहेको नाम्खा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेर प्रदेश क, ख र जिल्ला अधिवेशनको तयारी थालिने उनले जानकारी दिइन्।


नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि राजबहादुर रोकाया आफ्‌नो फेसबुक पेजमा स्टाटस लख्दै हालै सम्पन्न अधिवेशनहरूमा लोकतन्त्रप्रेमी महिलाहरूको उत्साहपूर्ण सहभागिताले नेपाली कांग्रेसप्रतिको विश्वास झल्काउनका साथै सम्रगमा यहाँका महिलाहरुमा राजनैतिक चेतना र नेपाली कांग्रेस पार्टीप्रतिको प्रतिबद्धता थप स्पष्ट गरेको उल्लेख गरेका छन्।


नेपाली कांग्रेस हुम्लाका एक स्थानीय नेताका अनुसार, नेपाल महिला संघले यति व्यापक रूपमा पालिका अधिवेशन सम्पन्न गरेको सम्भवतः पहिलो पटक हो। उनले अधिवेशनलाई नियमित प्रक्रिया मानिए पनि यसले भातृ संगठनहरूलाई प्रेरणा दिने कार्य गरेको बताए। साथै, महिला संघको सफल आयोजनामा जिल्ला नेतृत्व, स्थानीय कांग्रेस कमिटी, र बिशेष गरि जिल्ला अध्यक्ष शुशिला शाह नेपाली कांग्रेस हुम्ला जिल्ल्ला कोषाध्यक्ष वबिता शाही, महासमिति सदस्य रिता लामा, प्रदेश महाधिवेशन प्रतिनिधि सविता बुढालगायतको भूमिका उल्लेखनीय रहेको थियो । हुम्ला जिल्लामा नेपाल महिला संघको नेतृत्वले देखाएको सक्रियता र महिलाहरूको सहभागिताले संगठन सशक्त र प्रभावकारी बन्दै गएको आभास दिएको छ ।

प्रतिक्रिया दिनुहोस्