काठमाडौं । नेकपा (एमाले)द्वारा देशव्यापी रुपमा सञ्चालन गरिएको वडाकेन्द्रीत ३ महिने पार्टी अभियान (२०८१ माघ देखि २०८१ चैत्र मसान्त सम्म)को सिलसिलामा कर्णाली प्रदेशमा सम्पन्न भएका गतिविधिहरु, प्राप्त उपलब्धिहरु,देखिएका समस्याहरु र केही सुझावहरुलाइ समेत समेटेर प्रदेश इन्चार्जको हैसियतले तयार पारिएको लिखित प्रतिवेदन नेकपा एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रत्यक्ष भेटेर नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले बुझाउनु भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री के.पी. शर्मा वलीले पार्टीका काम र सरकारले गरेका महत्वपुर्ण कामको बिशेष निर्देशन दिनु भएको थियो ।
उक्त भेटमा कर्णालीको थप विविध विषयमा संक्षिप्तमा मौखिक जानकारी गराउने काम पनि भएको थियो ।