राजनीनिती

अनेमसंघको थैली अभियान, एक प्रसंशनीय कार्य – ईन्चार्ज बोगटी

७ जेष्ठ २०८२, मंगलवार ०८:०२
काठमाडौं । नेकपा(एमाले) का जनसंगठनहरु मध्येको एक महत्त्वपूर्ण संगठन अखिल नेपाल महिला संघ, कर्णाली प्रदेश कमिटीको जेठ ५ गते वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरिएको चौथो बैठकमा सहभागी भएर कर्णालीका सबै जिल्लाको साङ्गठनिक रिपोर्ट सहित पूर्ण बैठक नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख ब. बोगटीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको छ ।
बैठकमा केही जिल्लाले साङगठानिक कामको अलावा रचनात्मक काम पनि गरेको जानकारी प्राप्त, सबै जिल्लामा सदस्यता बितरणको कार्य केन्द्रले तोकेको संख्या पुगाउन बाकी रहेको भएपनी काम अघि बढाइरहेको, जिल्ला र पालिकाका सम्मेलन, प्रशिक्षण तथा बैठक प्राय: जसोमा सम्पन्न भएका र केही जिल्लामा कतिपय वडाका सम्मेलन पनि सम्पन्न भएको, अनेमसंघ कर्णाली प्रदेश कमिटीको विगत २०८० असोज ९ गते सम्पन्न भएको दोस्रो बैठक देखी थैली अभियान संचालन गरिएको रहेछ । कमिटीको तर्फबाट कमिटीका सदस्यहरूलाई कपडाको थैली बितरण गरिएको रहेछ । बैठकको दिन कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो स्वइच्छाले थैली भित्र रकम राखेर कमिटीमा बुझाउने प्रक्रिया अपनाइएको रहेछ । सोही अनुसार चौथो बैठकमा त्यो दृश्य म स्वयमले पनि देख्न पाए । यो प्रक्रियाले कमिटीलाई अलिकती भएपनी आर्थिक समस्या हल गर्न सघाउ पुग्ने देखियकोमा इन्चार्ज बोगटीले अखिल नेपाल महिला संघ, कर्णाली प्रदेश कमिटीलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
बैठक अनेमसंघ कर्णाली प्रदेश कमिटी चौथो पुर्ण बैठक अध्यक्ष पदमा खडकाको अध्यक्षतामा  र अनेमसंघ केन्द्रीय सचिब एबम कर्णाली इन्चार्ज मिनासिङ रखाल, कर्णाली प्रदेश का.बा अध्यक्ष एबम माननीय टेकराज पछाइको विशेष आतिथ्यतामा, अतिथि केन्द्रिय कमिटी सदस्यहरुको समउपस्थितिमा,  प्रदेश पदाधिकारी, तथा सदस्यहरु जिल्ला अध्यक्षहरुको सहभागितामा चौथो पुर्ण बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्