बागमती प्रदेश

जेठ १६ गतेदेखि असार १ सम्म कागेश्वरी मनाेहरा (मुलपानी)मा महाेत्सव हुँदै

१४ जेष्ठ २०८२, मंगलवार १३:२४

काठमाडौं, १३ जेठ । काठमाडौंकाे  कागेश्वर मनाेहरा (मुलपानी)मा महाेत्सव हुँदैछ ।

यही जेठ १६ गतेदेखि असार १ गतेसम्म महाेत्सव हुने आयाेजकले बताएको छ ।

महाेत्सवमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहने  आज आयाेजित पत्रकार सम्मेलनमा आयाेजकले जानकारी दिए ।

महाेत्सवमा  ज्याेति मगर, रचना रिमाल, एलिना चाैहान, उर्गेन दाेङ, धिरज राई, टीका प्रसाईं, आयुषा गाैतम, रमेश राज भट्टराई, एन्जिला रेग्मी, नवराज घाेरासैनी, सरु गाैतम, चन्द्र सिंह घले, रवि रिमाल, राजनराज चाैलागाईं (खैराते), डिजराज पाैडेल, रामचन्द्र अधिकारी (गाेप्ते काजी) सृजना खत्री (हाउडेमाया), अनित बिष्ट, कर्णराज गिरी, डेविङ शंकर, विश्वराज कार्की, कुमार गजुरेल, रामकुमार थापा, नवराज ढुङ्गाना, सानू केसी, लक्ष्मी दर्नाल, सविना दाहाल, सदिक्षा बजगाईँ, मदन बिष्ट, रमेश मेलाेडी, ईन्द्र विन्दास, विनोद लामा आदिले आफ्नाे प्रस्तुती दिनेछन्   ।

मुख्य आयाेजक आर्या मिडिया प्राली रहेको छ भने, ब्यबस्थापन संयुक्त नेपाल मेला महाेत्सव ग्रुप प्रालिले गरेकाे  छ । यसैगरी विशेष सहयाेगी भने, अमर सिंह युवा क्लब पिपलबाेट युथ क्लबकाे रहेको छ । उक्त महाेत्वसमा टिकट निशुल्क रहेको छ भने ४/५ दिनमा भने टिकट लिएर मात्रै महाेत्सव हेर्न पाउने ब्यबस्थापन मिलाएको आयाेजक संस्था आर्या मिडिया प्रालिका अध्यक्ष कपिल कार्कीले बताए ।

उक्त महाेत्सव बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म चल्ने भएको र महाेत्सवकाे सबै तयारी पूरा भएकाे बताए । महाेत्सव व्यापरिक हिसाबले पनि व्यापक रहने संयुक्त नेपाल मेला महाेत्सव ग्रुप प्रालिका सिताराम दाहालले जानकारी दिए ।  यस्तै पत्रकार सम्मेलनमा बाेल्दै बरिष्ठ कलाकार कुमारमणि गजुरेलले आफू २०५२ देखि कलाकारितामा लागेकाे र आफ्नै ठाउँमा यस्ता मेला महाेत्सव गर्ने धाेका भएकाेले यसमा आफूले सक्दाे सहयाेग गरेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्