२४औं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशन अन्तर्गत अहिले देशभर विद्यार्थी राजनीतिमा चासोको लहर छाएको छ। यही महाधिवेशन अन्तर्गत केन्द्रिय सदस्य पदमा सुदूरपश्चिम प्रदेशको भूगोल तर्फबाट बाजुराका होनहार युवा नेता पारस रावल उम्मेदवार बनेका छन् ।
सानै उमेरदेखि समाजसेवा र विद्यार्थी हकहितमा सक्रिय रहँदै आएका रावलले विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने अठोटसहित उम्मेदवारी दिएका हुन्। शिक्षाको गुणस्तर, विद्यार्थी अधिकार, संगठन सुदृढीकरण र समावेशी नेतृत्वको पक्षमा बलियो आवाज उठाउँदै आएका रावलको राजनीतिक यात्राले थुप्रै विद्यार्थीहरूमा प्रेरणा जगाइरहेको छ ।
२८ गते हुने निर्वाचनले अहिले चुनावी माहोललाई थप तातो बनाइरहेको छ। प्रतिनिधिहरूको बिचमा उत्साह चुलिएको छ भने उम्मेदवारहरू आ–आफ्नो एजेन्डा प्रस्तुत गर्नमा व्यस्त छन्। यही क्रममा पारस रावलले पनि व्यापक समर्थन बटुलिरहेका छन ्।
बाजुराबाट केन्द्रमा प्रतिनिधित्व गर्दै विद्यार्थीको आवाज बुलन्द बनाउन सक्ने क्षमतायुक्त नेताका रूपमा पारस रावलको नाम अगाडि आएको छ। उनी सामाजिक चेतनासँगै संगठनात्मक कार्यदक्षता, सहकार्यको भावना र नेतृत्व कौशलले सुसज्जित छन्।
पारस रावललाई केन्द्रिय सदस्य पदमा विजयी गराउने हो भने, त्यो केवल व्यक्तिको जित होइन, त्यो सिंगो सुदूरपश्चिमको आवाजको जित हुनेछ। त्यसैले,
“एक भोट पारस रावललाई – सुदूरपश्चिमको भविष्य निर्माणमा योगदान पुर्याऔं।“