सन्तोषी रावल । २४औं अनेरास्ववियु राष्ट्रिय महाधिवेशन अन्तर्गत सचिवालय सदस्य पदका लागि बाजुराका होनहार युवा विष्णु विकले उम्मेदवारी दिएका छन्। विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय विकले संगठन सुदृढीकरण, सामाजिक न्याय र विद्यार्थी हितको सवालमा निरन्तर आवाज उठाउँदै आएका छन् ।
राजनीतिक चेतना, प्रतिबद्धता र नेतृत्व क्षमता भएका विकले सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्दै विद्यार्थी आन्दोलनमा थप सशक्त भूमिका खेल्ने अठोट लिएका छन्। उनको नेतृत्वले विद्यार्थी हकहितको संरक्षण मात्र होइन, संगठनभित्रको पारदर्शिता, समावेशिता र अग्रगामी सोचलाई पनि मूर्तरूप दिन सक्ने विश्वास व्यक्त गरिएको छ।
आज २८ गते हुने मतदानमा विष्णु विकलाई बहुमतले विजयी गराउने अपिल साथीहरूबीच तीव्र रूपमा फैलिएको छ। उनी जस्तो प्रतिबद्ध, निडर र संघर्षशील व्यक्तित्वलाई नेतृत्वमा पु¥याउनु अनेरास्ववियुको भविष्य सुनिश्चित गर्नु हो भन्ने धारणा बलियो बन्दै गएको छ ।
उनको अभियानमा युवा मात्र होइन, अनुभवि नेताहरूको पनि सकारात्मक साथ देखिएको छ। विष्णु विकको उमेरले भन्दा कामले राजनीति बोकेको स्पष्ट संकेत देखिन्छ।
“एक बहुमूल्य भोट विष्णु विकलाई – समावेशी, सक्षम र प्रतिबद्ध नेतृत्वको लागि“
बाजुराबाट महासंघको नेतृत्व तहसम्म पुग्ने विकको उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा होइन, सिंगो सुदूरपश्चिमका विद्यार्थीहरूको आशा र अपेक्षाको प्रतिनिधित्व हो ।