काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी हुम्लाको आयोजनामा नेकपा एमालेका भातृ संगठनहरुमा केन्द्रिय स्तरमा निर्बाचित हुने पदाधिकारी तथा सदस्यहरुलाई आज काडमाडौंमा सम्मान कार्यक्रम आयोजना गरियको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी ईन्चार्ज गोरख बहादुर बोगटीको प्रमुख आतिथ्यतामा, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज छक्क ब. लामाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सम्मानित हुने हालसालै नवनिर्वाचित नेपाल बौद्धिक परिषदका उपाध्यक्ष गोबिन्द ब. शाही, राष्ट्रिय युवा संघ नेपालका उप महासचिव उपेन्द्र शाही, अनेरास्ववियुका सचिवालय सदस्य छक्क (सिके) लामा, नेपाल बौद्धिक परिषदका केन्द्रिय कमिटी सदस्य बिशुदेबी रावल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटी सदस्य युवराव मल्ल, अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्यहरु प्रतिभा शाही र प्रेम लामा सम्मानित भएका थिए ।
सम्मान कार्यक्रम नेकपा एमाले हुम्ला जिल्ला कमिटी उप सचिव मन्जु रावलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।