काठमाडौं । नेकपा एमाले मुगु काठमाडौ सम्पर्क मञ्चको आयोजनामा भर्खरै सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा मुगु जिल्लाबाट प्रतिनिधित्व गर्दै निर्बाचित सचिवालय सदस्य डा. पुष्पराज भाम, केन्द्रिय सदस्य लेखराज परियार, मुक्ति समाजका केन्द्रीय सदस्य बलिचन्द बिक र NCC कलेजका स्वबियु सदस्य यमराज थापालाई पनि बधाई लाई बधई तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोटिब्युरो सदस्य तथा पुर्ब मन्त्री मोहन बानियाले निर्बाचित दुबै जनालाई सम्मान गर्दै बधाई दिनु भएको थियो ।
कार्यक्रममा बिशेष अतिथी नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापा, अन्य अतिथीहरुमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्यहरु सोनाम छिरिङ लामा र कर्ण ब. मल्ल र कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष भक्त ब. रावत, जिल्ला कमिटी मुगु का उप सचिव मदन बानियाँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनि लि., कर्मचारी संगठन आधिकारिक ट्रेड युनियन अध्यक्ष रामसुफल शाह , महासचिव रुद्र बहादुर देवकाेटा र सचिव पुस्कर भाम रहनु भएको थियो ।
कार्यक्रम एमाले मुगु – काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष रण ब. शाहीको अध्यक्षतामा र संचालन सचिव बिरेन्द्र बुढाले गर्नु भएको थियो ।