काठमाडौं । चन्द्रागिरि नगरपालिकाको १६औं नगर सभा आज बस्ने भएकाे छ ।
नगरको १६औं नगर सभा बलम्बुस्थित चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको सभाहलमा मध्यान्ह १२ बजेबाट सुरू हुने नगरप्रमुख घनश्याम गिरीले हिमालय प्रेसलाई जानकारी दिए ।
यो नगर सभामा आगामी आर्थिक वर्ष (२०८२-८३) को लागि चन्द्रागिरि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मूख्य कार्यसूची रहेको बताइएको छ ।
केही पुराना र केही नयाँ विषयले यस पटकको नीति तथा कार्यक्रममा स्थान पाएको बुझिएको छ ।
चन्द्रागिरि नगरले असार १५ अगावै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।