प्रदेश समाचार

एमालेले भीम रावलसँग निर्णायक वार्ता गर्ने

१८ चैत्र २०७९, शनिबार १३:४४

काठमाडौँ। नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा। भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ।

शनिबार काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

‘पार्टीका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले उहाँसँग संवाद गर्न समिति बनाइएको हो,’ गुरुङले भने।

प्रतिक्रिया दिनुहोस्