Flash News

सगरमाथा हाइड्रोपावरको आईपीओ बाँडफाँट

१८ चैत्र २०७९, शनिबार १३:४५

काठमाडौं। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्काशित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ।

शुक्रबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त आईपीओ बाँडफाँट गरेको हो।कम्पनीले ८ चैतदेखि १२ चैतसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो। उक्त आईपीओमा १४ लाख ४४ हजार ९७८ जना आवेदकबाट १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयरको लागि आवेदन परेको थियो।

जसमध्ये विभिन्न कारणले आवेदन रद्द भएर १३ लाख ९३ हजार १५३ जनाको कुल १ करोड ५१ लाख ८७ हजार ९९० कित्ता सेयर माग गरेको आवेदन सदर भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। सर्वसाधारणका लागि निष्काशित ३५ लाख ८१ हजार ७६० कित्ता सेयरका लागि माग भन्दा अधिक सेयरको लागि आवेदन प्राप्त भएकोले जनाएको छ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले रितपूर्वक प्राप्त भएका आवेदकहरुमध्ये जम्मा ३ लाख ५८ हजार १७६ जना आवेदकहरुलाई १० कित्ताको दरले आईपीओ बाँडफाँट भएको बिक्री प्रब्न्धकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्