Flash News

फोटोपत्रकार वन्त पुरस्कृत

१८ चैत्र २०७९, शनिबार १३:४७

काठमाडौँ। फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

शुक्रबार दिउँसो रिपोटर्स क्लब नेपालको २५औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन्। सगरमाथा आरोही स्व.बाबुछीरी शेर्पाको सम्झनामा क्लवले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी २५ हजार रहेको छ। उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरिएको थियो।

वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन्। २०६४ सालमा जनदिशा दैनिकबाट फोटो पत्रकारिता सुरु गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन्।

देशभरका फोटो पत्रकारहरुको साझा संस्था राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालका वन्त हाल अध्यक्ष समेत छन् भने उनी फोटो पत्रकारिता तथा फोटोग्राफी तालिम प्रशिक्षकको रुपमा पनि काम गरिरहेका छन्। उनी राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्