काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु अमृत क्याम्पस कमिटीको संयोजकमा गोपाल ब. शाही लाई सिफारिस गरिएको छ। अनेरास्ववियु अमृत क्याम्पस कमिटी अध्यक्ष पंकज पाण्डेयले बिज्ञप्ती सार्वजनिक गर्दै आजै बाट लागूहुने गरि शाही लाई संयोजकको जिम्मेवारी प्रदान गरेका हुन। २०८०/०४/२६ गते करिब दुई बर्ष अगाडी भएको क्याम्पसको सम्मेलन बाट शाही सचिव पदमा निर्बिरोध रुपमा चयन भएका थिए। अन्य सबै पदहरुमा उम्मेदवार २ वा २ भन्दा बढी थिए भने शाहीले सचिवमा उम्मेदवारी दिने कुरा सार्वजनिक गर्दा उक्त पदमा अन्य कोहि ब्यक्तिको पनि उम्मेदवारी थिएन।
शाही क्याम्पस कमिटीको सदस्य हुँदै सचिव र अहिले संयोजकको जिम्मेवारी प्राप्त गरेका हुन। ऊनी क्याम्पसमा निकै चर्चित अनि आम कार्यकर्ता र विद्यार्थी द्वारा सर्वाधिक रुचाईएका पात्र हुन। चैत्र १० गते सम्पन्न भएको स्ववियु निर्वाचन बाट आफ्नो निकटम प्रतिस्पर्धीलाई झण्डै दोब्बर मतले पराजित गर्दै सचिव पदमा निर्वाचित भएका थिए। शाही निर्वाचित भए देखि क्याम्पसमा भएका विकृती र बिसङ्गतिका बिरुद्द आफ्नो आवाज बुलन्द पार्दै आएका छन। उनी विद्यार्थीका समसामयिक समस्याहरुको समाधान गर्न हरेक क्षण खट्ने गरेका छन। उनको सक्रियताको सामाजिक संजालमा चर्चा पाईरहेको छ।
उनी निर्वाचित भएदेखि क्याम्पसका ल्याव,लाईब्रेरी,कक्षाकोठा र होस्टेल मर्मतका कुराहरुलाई जोडदार माग राख्दै आएका छन र केहि काम उनकै दवाव र पहलमा प्रक्रियागत ढंगले अगाडि बढिरहेका छन। शाही सिङ्गो अनेरास्ववियुमै उज्ज्वल भविष्य बोक्ने पात्रको रुपमा हेर्ने गरिन्छ।