हुम्ला । हुम्ला जिल्ला सर्केगाड गा.पा. वडा नं. ३ उनापानी गाउमा यही मिति २०८२/०३/१ गते राती भएको आगलागीबाट क्षती भएका घर परिवारलाई आर्थिक सहयोग गर्ने बिभिन्न सरकारी निकाय, संघ/संस्था र ब्यक्तिहरुलाई वडा नं. ३ का वडाध्यक्ष श्री अखिल कार्कीले आज एक कार्यक्रमका बिच धन्यबाद प्रदान गर्नु भएको छ ।
वडाध्यक्ष कार्कीले अग्नि पिडितका लागी सहयोग गर्ने जिल्ला दैबिक प्रकोप उद्दार समिती तथा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षक, सर्केगाड गा.पा., किर्डाक नेपाल, जिल्ला स्याउ जोन प्रमुख उमेश फडेरा, लालीगुराँस मा.बि.का प्र.अ. कालि ब. महतारा, सर्केगाड गा.पा. वडा नं. ३ निवासी राजेन्द्र रावत, सर्केगाड गा.पा. वडा नं. १, २, ३, ४, ६ र ८, वडा नं. ३ निवासी अस्मिन फडेरा, फेश नेपाल, नेकपा माओबादी गाउ कमिटी सर्केगाड र सिंगो ३ नं. वडा बासिन्दा लगायत सम्पुर्ण सहयोगी हातहरुलाई बिशेष धन्यबाद दिनुभएको छ ।
यही मिति २०८२/०३/१गते राती भएको आगलागीबाट ७ घर जलेर नष्ट भएका थिए भने ५ वटा घर जलेर आंशिक क्षती भएका थिए ।