सिमकोट । हुम्ला वाजुरा जिल्लाको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा राानीखर्क संरक्षण अभियानले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गर्ने भएको छ । बिबाद समाधान भन्दा पनि एक तर्फी रुपमा लाम्पाटामा सम्युक्त सुरक्षा वेस क्याम्पस स्थापना गरेको भन्दै हुम्लावासीको सो कार्यक्रम गर्न लागेका हुन ।
भोली असार १ गते बिरोध प्रर्दशनका साथै जिल्ला प्रशासन कार्यालय घेराउ गरिने अभियानका संयोजक प्रकाश बहादुर शाहीले बताए । सोमबार दिउसो साँढे बाह्र वजेबाट प्रशान कार्यालय घेराउ कार्यक्रम गरिनेछ । उक्त कार्यक्रममा जिल्ला जनप्रतिनिधिहरु, राजनीति दलहरु, नागरिक समाज लगाएको सहभागिता रहने भएको छ । त्यसैगरि अभियानले केही मागहरु सरकारसंग राखेको छ ।
जसमा लाम्पाटामा सहमतिविना र पुर्वाग्राही ढंगले स्थापना गरिएको सम्युक्त सुरक्षा वेस क्याम्प नेपाल सरकारद्धारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नगरिन्जेलसम्म वाजुराको गुम्बामा स्थापना गर्नुपर्ने, मानवीय सम्वेदनशीलता र अत्यावश्यक कामसंग जोडिएको राष्ट्रिय राजमार्ग कर्णाली करिडोर पटक पटक बन्द गर्ने निहीत स्वार्थ र शर्त अन्त्य गर्नुपर्ने, अभद्र व्यवहार र वन तस्करी मुद्दाका बाजुरेली अभियुक्तहरुलाई तुरुन्त पक्राउ गरि निर्दोश हुम्लीमाथि लगाईएको झुट्टन मुद्दा खारेज गनुशृ पर्ने र प्रमाण भन्दा प्रतिशोध अनि भुगोल भन्दा गुगलको आधारमा बाजुराले प्रायोजित रुपमा सिर्जना गरिएको सिमा विवाद अन्त्य गर्न समितिले यथासक्य कार्य प्रारम्भ गरि प्रतिबेदन सार्वजनिक गर्नुपर्ने मागहरु रहेका छन ।
source : simkottimes.com