राजनीनिती

प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित

१९ चैत्र २०७९, आईतवार १४:०१

काठमाडौँ। प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली बहुमतले पारित गरेको हो । १० माघ २०७९ मा प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेको थियो । उक्त समितले ६ फागुन २०७९ को बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदनउपर सैद्धान्तिक छलफल सकिएपछि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसमाथि छलफल सकिएपछि प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो ।

नियमावली तुरुन्तै लागू हुने व्यवस्था छ । यो सँगै अब संसदीय विषयगत समिति गठन गर्ने बाटो खुला भएको छ । पारित नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्