काठमाडौँ, २३ असारः लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनले आज तीन जना सल्लाहकार मनोनित गरेको छ ।
युनियनको विधान, २०४८ अनसार वरिष्ठ पत्रकारहरु तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) लाई सल्लाहकार पदमा मनोनयन गरेको अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो ।
संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि मनोनित सल्लाहकारहरूबाट लामो पत्रकारिता अनुभव र विज्ञताले नेपाल प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने युनियनले जनाएको छ ।