राजनीनिती

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री  

२६ असार २०८२, बिहीबार ०९:४६

काठमाडौँ, २६ असार:प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गर्नुभएको छ । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उहाँले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताउनुभएको छ ।

गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ,“हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ । ”

फेसबुकमा प्रधानमन्त्रीले लेख्नुभएको छ,“गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् । सबैलाई शुभकामना”

प्रतिक्रिया दिनुहोस्