Flash News

एकीकृत समाजवादीले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने

२० चैत्र २०७९, सोमबार १४:१५

काठमाडौं। नेकपा एकीकृत समाजवादीले १० वैशाखमा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको छ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले बारा–२ , चितवन–२ र तनहुँ–१ मा सत्ता गठबन्धनको साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको उपमहासचिव डा.गंगालाल तुलाधरले बताए। ती निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय पनि भएको उनले जानकारी दिए।

सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवार तय गरिसकेको छैन। तर सत्ता गठबन्धनका रहेका दलमध्ये बारा–२ मा जसपाका उपेन्द्र यादव, चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्