राजनीनिती

आर्थिक तथा लेखा ब्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न

३० असार २०८२, सोमबार २१:३६

सुर्खेत। नेकपा (एमाले) केन्द्रीय लेखा आयोग र नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको संयुक्त आयोजनामा आर्थिक तथा लेखा ब्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक तथा लेखा ब्यवस्थापन प्रशिक्षण कार्यक्रम कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंङ शाहको अध्यक्षतामा, केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्प कंडेलको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश कमिटी इन्चार्ज तथा स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीको बिशेष आतिथ्यतामा सुर्खेत पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला र प्रदेश कमिटीका बित्त तथा कोष ब्यवस्थापन बिभाग प्रमुख र लेखा कमिटी प्रमुखले रिपोर्टिङ गरिसके पछी डा. पुष्प कडेल, लेखा आयोगका सदस्यहरू- मीनराज कडेल, डा.मणिराम र जनक बोहराले आर्थिक तथा लेखा ब्यबस्थापनसंग सम्बन्धित विभिन्न बिषयमा प्रशिक्षण दिने काम भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि र बिशेष अतिथिले प्रशिक्षणमा सिकेका कुराहरू आफ्नो जिल्लामा कार्यान्वयनमा उतार्न लाग्नुपर्ने भन्दै आर्थिक ब्यबस्थापनलाई विशेष ध्यान दिन निर्देशन गर्नुभएको छ । साथै लेखा ब्यबस्थापन सम्बन्धी विभिन्न बुदामा सामुहिक रुपमा लिखित प्रतिबद्धता पनि घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्