Flash News

लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी

२१ चैत्र २०७९, मंगलवार १२:२१

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी परेको छ।

सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीन जनाले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गरेका हुन्। त्यस्तै उजुरी दिनेमा युवराज सफल रहेका छन्।

लामिछानेविरुद्धको उजुरीबारे निर्णयका लागि स्पष्टीकरण सोध्दै निर्वाचन आयोगमा पठाएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।

दाबी विरोधको सूचना दिनेमा स्वतन्त्र उम्मेदवार सुवास थापा, शिव बहादुर सुवेदी र राजमो उम्मेदवार जनकराज थापाका प्रतिनिधि डम्बर पुरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्