Flash News

राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित

२१ चैत्र २०७९, मंगलवार १२:५९

काठमाडौँ। राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित भएको छ।

मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएका दुई विधेयक सर्वसहमतिले पारित भएका हुन् ।

बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको छ । पारित भएका यी दुवै विधेयक प्रतिनिधि सभामा पठाइएको छ ।

सुरक्षण मुद्रण सामग्रीको स्वदेशभित्र नै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रणको लागि सुरक्षण मुद्रण केन्द्रको स्थापना र सञ्चालन गर्ने सन्दर्भमा कानुनको व्यवस्था गर्न सुरक्षण मुद्रण सम्बन्धी विधेयक ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्