Flash News

४ बुँदे सहमतिपछि नेविसंघको विवाद मिल्यो

२१ चैत्र २०७९, मंगलवार १३:०४

काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको विवाद मिलेको छ ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा मंगलबार ४ बुँदे सहमति भएपछि विवाद समाधान भएको हो ।

नेविसंघको अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको कार्यसमितिलाई १० दिनभित्र पूर्णता दिने सहमति भएको छ । यस्तै नेविसंघको आगामी १२ औं महाधिवेशन ८ महिनाभित्र सम्पन्न गर्ने, जिल्लामा देखिएका समस्या पार्टी नेतृत्वबीच छलफल गरी यथाशीघ्र समाधान गर्ने र जारी रिले अनसनलाई आजै स्थगित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसी, नेविसंघ अध्यक्ष दुजाङ शेर्मा र नेविसंघ वृहत संघर्ष समितिको तर्फबाट उज्जल बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्