काठमाडौं, ६ साउन । संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठकहरू बस्नेछन् ।
जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । जुन बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुनेछ ।
उता, महिला तथा सामाजिक मामिला समितिको बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल जारी राखिएको छ । जुन बैठक दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।