राजनीनिती

देखिए देउवा र कोइराला एउटै मञ्चमा

७ श्रावण २०८२, मंगलवार १२:०२

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन् ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन् ।

‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका हुन् ।

पछिल्लो समयमा कांग्रेस भित्रको आन्तरिक राजनीतिमा तिब्र प्रतिस्पर्धा गरिरहेका कोइराला आगामी महाधिवेसनमा सभापतिका उम्मेदवार भए पछि उनले आफु निकटहरूसँगको सक्रियता बढाइरहेका छन भने संस्थापन पक्ष कोइरालालाई रोक्न लागि परेको छ ।

प्रतिक्रिया दिनुहोस्