प्रदेश समाचार

देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

२२ चैत्र २०७९, बुधबार ०२:०५

काठमाडौँ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यतया मौसम सफा रहनेछ।

भोलि पनि देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्