राजनीनिती

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न

११ श्रावण २०८२, शनिबार २१:५७

  

काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको सातौ पुर्ण बैठक आज प्रदेश सम्पर्क कमिटीको कार्यालय बागबजार, काठमाडौंमा सम्पन्न भएको थियो ।

बैठक नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटीका ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यता, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतको बिशेष आतिथ्यता, सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य सत्यदेबी खड्का, सदस्यहरु जेबी शाही, चित्र हमाल, सिता नेपाल, देबिकृष्ण चौलागाई र देविलाल रावल लगायतको अतिथ्यमा सम्पन्न भएको थियो ।

बैठकको अध्यक्षता कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत र संचालन सचिव लोकेन्द्र रोकाले गर्नु भएको थियो ।

बैठकमा प्रमुख अतिथी कल्पना थापा लगायत अन्य अतिथीहरुले निर्देशनात्मक भनाई राख्नु भएको थियो ।

बैठकमा १० वटै जिल्ला सम्पर्क मञ्चका अध्यक्षहरुले रिपोर्टिङ्ग गरेका थिए भने नेकपा एमालेको बिधान अधिबेशनमा दिने बिधान संशोधन सम्वन्धी सुझाव र बिभिन्न समसामयिक बिषय तथा प्रस्ताव उपर छलफल गरी पारित गरिएको थियो ।

बैठक सम्पन्न भए लगतै नेकपा एमाले सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य सत्यादेबी खड्काको ५८ औ जन्म जयन्ती केक काटेर र खादा लगायर मनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्