काठमाडौँ। सर्वोच्च अदालतले प्रतिपक्ष दलको नेताको भूमिकाबारेमा परेको रिट निवेदनलाई दरपीठ गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले बुधबार दरपीठ गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
अधिवक्ता पोखरेलले कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका रूपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुनमा रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परमादेश दिनुपर्ने माग गर्दै रिट निवेदन दिएका थिए ।
तर सर्वोच्च अदालतले उनको रिट दरपीठ गरेको छ ।